होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भएका छन्।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार दलको उपनेता मनोनीत गरेका हुन् । आइतबार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए।