होमपेज / राजनीति
काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
केही वकिललाई लिएर यादव आइतवार बिहान नयाँ बनेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
उपराष्ट्रपतिमा फरक लिंगको उम्मेदवार बन्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएका थिए ।