होमपेज / राजनीति
मनाेज बाेहरा, सुर्खेत । मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनकाे मनाेनयन दर्ता सहमतिमा गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पर्ने उक्त क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो ।
आज मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सर्वसहमत सहित मनोनयन दर्ता गरेको कोषाध्यक्ष पदका उम्मेदवार धनबहादुर भण्डारी "मुस्कान"ले नेपालगाथालाइ जानकारी दिए ।
२ सय १६ विद्यार्थी रहेको उक्त क्याम्पसमा सभापतिममा नेविसघंका नरेन्द्र भण्डारी, उपसभापतिमा क्रान्तिकारीकी निस्मा बोहरा, सचिवमा क्रान्तिकारीका शिवराज फडेरा, कोषाध्यक्ष अनेरास्ववियुका धनबहादुर भण्डारी "मुस्कान" लगायत १५ सदस्यले सहमतिसहित मनोनयन दर्ता गरेका हुन् ।
विद्यार्थी संगठनले सर्वसहमत मनोनयन दर्ता गरे पनि औपचारिक घोषणा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनको दिन ३० गते गर्ने स्ववियु निर्वाचन कार्यालयले जनाएको छ ।