होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दुरदृष्टि बोकेर अघि बढेको बताएका छन्।
नेपाल खेलकुद महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमाले अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी नहुने बताएका हुन्।
ओलीले भने, ‘हामी अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी छैनौं। सिल्भर ताते जस्तो रनक्क तातिहाल्ने होइन। हाम्रो अलिक दिगो खालको हुन्छ।’ एमालेले देश बनाउने अभियानमा रहेको भन्दै ओलीले भने, ‘छोटो दौडको कुदाइमा एमाले कुदिरहेको छैन। हामी हतारो गर्दैनौं।’