होमपेज / राजनीति
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ ।
निर्वाचनको मतपरिणाम बिहीबार नै सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदानकै दिन बेलुकी ७ बजे नतिजा सार्वजनिक गर्ने तयारी छ। एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।
बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको छ। राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।