ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी,राष्ट्रपतिबारे निर्णय लिने

नेपालगाथा २०७९ फाल्गुण २४ गते बुधबार १५:०३:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

आज दिउँसो १ बजेदेखि बैठक जारी छ। बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

यसअघि नौ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर लिङदेनसँग भोट मागिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top