होमपेज / राजनीति
सुर्खेत । अखिल नेपाल महिला संघ जिल्ला कमिटी सुर्खेतकोअध्यक्षमा टीका अधिकारी सर्वसम्मत चयन भएकी छन् ।
मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएकाे संघको छैटौं जिल्ला सम्मेलनबाट अधिकारी सर्वसम्मत चयन भएकी हुन्। संघको उपाध्यक्षमा गोमा पौडेल र तारा भण्डारी, सचिव शान्ति छत्याल, सहसचिव यमुना नेपाली र कोषाध्यक्षमा बिमला थापा चयन भएकी छन् । संघले ६१ सदस्यीय कार्यसमीति निर्वाचित भएको जनाएकाे छ ।
.jpg)
संघको निवर्तमान अध्यक्ष तुल्सी शर्माको अध्यक्षता र केन्द्रीय सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज सुमित्रा बिसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।