ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिबारे निर्णय लिन राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

नेपालगाथा २०७९ फाल्गुण २४ गते बुधबार ०९:३९:४२ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।

राष्ट्रपतिका उम्मेदवारहरू नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top