होमपेज / राजनीति
सुर्खेत । अखिल नेपाल महिला संघ सुर्खेतको छैठौं जिल्ला सम्मेलन वीरेन्द्रनगरमा मंगलबारदेखि सुरु भएको छ।
अखिल नेपाल महिला संघ सुर्खेत जिल्ला अध्यक्ष तुल्सी शर्माको अध्यक्षतामा र संघको केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज सुमित्रा बिसीको प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको हाे। उक्त सम्मेलनमा सुर्खेतका ९ वटा स्थानीय तहबाट संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ। साथै सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गर्ने जनाइएकाे छ।
.jpg)
सम्मेलनलाई शुभकामना दिँदै नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सहइन्चार्ज मोहनमाया ढकाल भण्डारीले अखिल नेपाल महिला संघले लामो समयदेखि असमानतालाई हटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले पूर्णतया विभेदको अन्त्य नभएकाले त्यसको अन्त्य गर्नमा संघले भूमिका खेल्नुपर्ने बताइन्।
.jpg)