होमपेज / राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
विश्वासको मत पाउन नसक्दा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि सबैभन्दा ठूलो पार्टीको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता शाहले विश्वासको मत पाएका हुन् । आइतबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री शाहलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।
शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे ।