ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री शर्माको नेपाल बैंकमा ५ लाख बचत र श्रीमतीसँग २ तोला सुन

नेपालगाथा २०७९ फाल्गुण २१ गते आइतबार १५:२१:५० मा प्रकाशित

सर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । शर्माको सम्पत्ति विवरण आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट मार्फत सार्वजनिक भएको हो ।

मुख्यमन्त्री शर्माले अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका १ मा ३ हजार ५ सय ७२ दशमलव ९१ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन् । सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । यस्तै रुकुमको चौरजहारी नगरपालिका १४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१ सय २० वर्ग मिटर आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।

यस्तै मुख्यमन्त्री शर्माकाे नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र श्रीमतीसँग अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख छ । यस्तै लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी तीस लाख लागतमा ६०० बोट ड्रागन फल खेति गरि रहेको र उक्त खेतीबाट बार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top