होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक माओवादीहरु एक ठाउँ आएर सडकमा लाखौं जनता उतार्नुपर्ने बेला भएको बताएका छन्।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।
उनले माओवादीहरूको ध्रुवीकरणका लागि आफूले पहल गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले बेपत्ता र शहीद परिवारका लागि काम गर्न आफू प्रतिवद्ध रहेको बताए ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एकचोटी माओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्नेछ।’