ट्रेण्डिङ

होमपेज / राजनीति

शंकर पोखरेलले भने:प्रधानमन्त्री प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगे

नेपालगाथा २०७९ फाल्गुण २१ गते आइतबार १४:११:१९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् ।

विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्ने गरी कायरता प्रदर्शन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ । एमालेसँगको गठबन्धन बाह्रय शक्तिलाई मन नपरेको उनले जिकिर गरे । 

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए ।  “जससँग माग राखेर सशस्त्र आन्दोलन सुरु गरियो, उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने आन्दोलन,” पोखरेलले भने, “शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सुरु भएको सशस्त्र आन्दोलन, जसको जगमा १७ हजार मान्छेले बलिवेधीमा होमिनुपर्‍यो । त्यो आन्दोलनको गन्तव्य के रहेछ त भन्दा नेपाली कांग्रेससँगको सहकार्य ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top