ट्रेण्डिङ

होमपेज / राजनीति

बागमतीका सांसदलाई आठ दलीय गठबन्धनले अभिमुखीकरण कार्यक्रम गर्दै

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १२:११:१९ मा प्रकाशित

काठमाडौं । आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजय गराउन आज बागमती प्रदेशसभाका सदस्यहरूलाई दिउँसो १ बजे बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिन लागेको हो।

बिहीबार आठ दलले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण गरेको थियो। यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई जिताउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा  राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र गठन गरिएको छ। संयन्त्रको निर्णयअनुसार वागमती प्रदेशका आठ दलका सांसदहरूलाई आज अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो।  संयन्त्रको निर्णयअनुसार  सबै प्रदेशमा  राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले  जनाएको छ।

आठ दलीय गठबन्धनमा  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्त पार्टी, नेपाल जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top