होमपेज / राजनीति
काठमाडौं । इलेक्ट्रोल कलेजको भोटको आधारमा विद्यादेवी भण्डारीसँग रास्ट्रपति चुनाव लडेकी भोजपुरकी कुमारीलक्ष्मी राईले अहिलेको रास्ट्रपति चुनावमा पार्टीले आग्रह नगरेको बताएकी छन् ।
२०७४ फागुन २९ गतेको चुनावमा आफ्नो रोजाइमा नभएर पार्टीकै रोजाइमा उम्मेदवार बनेको भन्दै राईले भनिन्, ‘पहिले म अवकाश भएर भोजपुरमै आएर बसेको थिएँ । मलाई आफैँ पार्टीले बोलाएर उम्मेदवार बनाएको थियो । महिला चाहियो, भोजपुरकै चाहियो भनेर बोलाएको थियो ।’
संविधानसभा सदस्य, नेपाल महिला आयोगको संस्थापक सदस्य सचिवदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको अनुभव लिइसकेकी राईले २०७४ बाट सक्रिय राजनीतिबाट अवकाश लिएको बताइन् । भनिन्, ‘अवकाश लिएर भोजपुरमै बसेको समयमा पार्टीले आग्रह गरेर रास्ट्रपति उम्मेदवार बन्न भनेपछि बनेको हो ।’
२०७४ सालको इलेक्ट्रोल कलेजबाट भएको पहिलो रास्ट्रपती चुनावमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ मतभार ल्याएकी थिइन् । उनकी प्रमुख प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार ल्याएकी थिइन् । भण्डारी र राई दुवै भोजपुरकै हुन् ।