ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गत विश्वासको मत लिने

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १९:३२:३८ मा प्रकाशित

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन्।

शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन्। २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले आज प्रदेश सभाका दलहरुसँगको छलफलपछि फागुन २१ गते विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top