ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिको चुनावपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १६:४६:५१ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् ।

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानूनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताएकी हुन् ।

उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिनका लागि तयारी भएको बताइन् । प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top