ट्रेण्डिङ

होमपेज / राजनीति

८ दलको गठबन्धनले लुम्बिनी प्रदेश मुख्यमन्त्री गिरी संकटमा

नेपालगाथा २०७९ फाल्गुण १५ गते सोमबार १२:१०:३९ मा प्रकाशित

बुटवल । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।

लुम्बिनीमा २९ सिट सहित पहिलो दल रहेको एमालेबाट पोलिटब्युरो सदस्य लिला गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई सरकारमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमत तथा सरकार बाहिरै रहेका नागरिक उन्मुक्ति र लोसपाले समर्थन गरेका थिए ।

अहिले कांग्रेस, माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनमा यी सबै पार्टीहरु सामेल भएपछि मुख्यमन्त्री गिरी संकटमा परेका छन् । उनीहरुले विश्वासको मत फिर्ता लिँदा सरकार स्वतः अल्पमतमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top