होमपेज / राजनीति
काठमाडौँ । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ ।
पार्टी कार्यालय बसुन्धारामा आज बिहान ११ बजेपछि सुरू भएको बैठकले समसामयिक विषयमा छलफल गर्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ ।