ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाको बैठक १ बजे बस्दै

नेपालगाथा २०७९ फाल्गुण १४ गते आइतबार १२:२१:५७ मा प्रकाशित

काठमाडौँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन पेश गर्ने कार्यसूची समेत छ ।

यसैगरी, राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top