ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको पत्रमा एकीकृत समाजवादीकाे जवाफ, सम्वादको ढोका खुल्यो

नेपालगाथा २०७९ फाल्गुण १४ गते आइतबार ११:००:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्वादको ढोका खोलेको बताएको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवाद समेत ज्ञापन गरेका छन्  ।

‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्वादको ढोका खोलिदिएको छ,’ पत्र पाएपछि खतिवडाले भने, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका  राष्ट्रपतिका उमेदवार  सुवास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक सम्वादको ढोका खोलेका बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top