ट्रेण्डिङ

होमपेज / राजनीति

विद्यापुर जनता बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीकाे अध्यक्षमा जैसी

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार २१:१८:४९ मा प्रकाशित

सुर्खेत । मप विश्वविद्यालयकाे आंगिक क्याम्पस विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) काे अध्यक्षमा तेजमाया जैसी चयन भएकी छिन् । अनेरास्ववियुको शुक्रबार विद्यापुरमा सम्पन्र भएको भेलाले जैसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा राजेश घिमिरे, सचिव होलिका बिसी, कोषाध्यक्ष रेवती बुढामगर र सहसचिव पूर्णिमा बलामी मगरलाइ चयन गरेकाे छ । यसैगरी सदस्यहरुमा विमला बुढा, जमुना कुँवर, धर्मा बडुवाल, चन्दा तिमिल्सिना, कृष्णा थापा, समिर थापा, विमला बिसी र भाग्यश्री बयकलाई चयन गरेको छ ।

भेलाको अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई क्याम्पस इकाई कमिटी अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तपेन्द्र बिसी, अनेरास्ववियु सुर्खेतका उपाध्यक्ष केशव सावद, अनेरास्ववियु सुर्खेतका कोषाध्यक्ष रिताकुमारी रोकायले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले आगामी चैत ३ गते हुने मप विश्वविद्यालय स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई भारी बहुमतले विजयी गराउन समेत अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top