ट्रेण्डिङ

होमपेज / राजनीति

अबको राष्ट्रपति रामचन्द्र पौडेल - जनार्दन शर्मा

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १५:४१:५९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’

सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top