ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता 

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १५:०५:४५ मा प्रकाशित

 काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने बताएका थिए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेसँग बेग्लाबेग्लै छलफल गर्ने बताएका थिए। बिहान कांग्रेसलगायत दलसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो बालुवाटारमै अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । गत पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा एमाले छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top