ट्रेण्डिङ

होमपेज / राजनीति

मिसन ग्रासरुटः हुम्लाको ताँजकोटको अभिमूखिकरण मा देउडा खेलको आयोजना गर्ने

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १०:५४:५५ मा प्रकाशित

हुम्ला । नेकपा (एमाले)ले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको ताँजकोट गाउँपालिकाको अभिमूखिकरणमा देउडा खेलको आयोजना हुने भएको छ । 

पार्टी सुदृढिकरण तथा बिस्तार अभियान स्वरुप एमालेले सञ्चालन गरेको अभियान अन्तरगत आगामी  १३ गते आयोजना हुने ताँजकोट गाउँपालिका स्तरिय अभिमूखिकरण कार्यक्रममा देयडाका चर्चित खेलाडीहरुको उपस्थितीमा देउडा खेलको आयोजना गरिनै भएको हो । देउडा गीत मार्फत अभियानको सन्देश स्थानीय नागरिकमा प्रवाह गर्नका लागि देउडा खेलको आयोजना गर्न लागिएको एमाले ताँजकोट गाउँपालिकाका सचिव कणर्प्रसाद जैशीले जानकारी दिए । 

एमाले केन्द्रीय सदस्य तथा हुम्लाको ताँजकोट, अदानचुली र चंखेलीका केन्द्रीय प्रतिनिधि निरज आचार्यको प्रमुख आतित्थ्यमा हुने कार्यक्रममा चर्चित देउडा खेलाडी बिपना भण्डारी चन्द्रप्रसाद ढकाल (झलक), अजमल बुढा, अक कार्कीलगायतका खेलाडीले देउडा खेल खेल्ने बताइएको छ । 

नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाले १३ गतेदेखि शुरु गर्ने अभियानका क्रममा ताँजकोट र खार्पनाथमा गाउँ कमिटी स्तरिय बैठकको आयोजना गर्ने कार्यक्रम तय गरेको एमाले जिल्ला कमिटी उपसचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ताँजकोटमा एमाले केन्द्रीय सदस्य आचार्य, प्रदेश कमिटी सदस्य ज्ञामी बुमीलगायतका नेता र खार्पुनाथमा केन्द्रीय प्रतिनिधि डम्बरबहादुर सिंहलगायतका जिल्लाका नेताहरुको सहभागिता रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top