ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा 'पूर्व प्रदेश सभा सदस्य मञ्च' गठन

नेपालगाथा २०७९ फाल्गुण १० गते बुधबार १७:१९:४९ मा प्रकाशित

सुर्खेत । कर्णालीमा पूर्व सांसदहरुको साझा एकता कायम गर्न 'पूर्व प्रदेश सभा सदस्य मञ्च' गठन गरिएको छ । २०७४ सालको निर्वाचनबाट निर्वािचत सांसदहरुको भेलाले एकता कायम गर्न, सांसदहरुलाई दक्ष बनाउने र प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने उदेश्यले निवर्तमान सांसदहरुले मञ्च गठन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको मञ्चमा पूर्व सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षता गठन गरिएको छ । संस्था दर्ता पश्चात गठित तदर्थ समितिले कर्णाली प्रदेश सभामा पत्रकार सम्मेलन गर्दै संस्थाको काम भनेको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु रहेको अध्यक्ष रावलले बताए । सांसदहरुलाई परामर्श दिने, कानून निर्माणमा सहयोग गर्ने, कर्णाली प्रदेश सभालाई मर्यादित बनाउँदै सुदृढ गर्ने हाम्रो उदेश्य रहेको उनले बताए । अध्यक्ष रावलकाअनुसार तीनै तहका लक्ष्य प्राप्तिमा योगदान दिनेदेखि विकास साझेदार संस्थाहरुसँग कर्णालीको विकासका लागि बहस पैरवी गर्ने समेत योजना छ ।

उनका अनुसार मञ्च, प्रदेश सभा र प्रदेश सरकारका बीचमा आवश्यक सल्लाह सुझाव दिने र सातै प्रदेशमा मञ्च गठन गर्न लगाएर त्यसको छुट्टै संरचना निर्माण गर्ने तयारी भएको हो । संस्थामा आवद्ध पूर्व सदस्यहरुले वार्षिक रुपमा एक हजार सदस्यता नवीकरणका लागि दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यता वितरण गरिने अध्यक्ष रावलले जानकारी दिए ।

संस्थाको तदर्थ समितिको उपाध्यक्षमा नेपाली काँग्रेसका अमृता शाही, महासचिवमा नेकपा माओवादीका कृष्णा शाह, सचिवमा एमालेका पदमा खड्का, कोषाध्यक्षमा एमालेकै मिनासिंह रखाल रहेका छन् । यस्तै सदस्यमा एमालेका करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, बद्यमीक्वारी बोहोरा छन् भने माओवादीका रातो कामी र काँग्रेसका झोवा कामी सदस्य छन् । सल्लाहकारमा पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, पूर्व उपसभामुख र पूर्व विपक्षी दलका नेता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top