ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगे ओली

नेपालगाथा २०७९ फाल्गुण १० गते बुधबार १२:२५:५० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बुधबार बिहान वालुवाटार पुगेका हुन् । दुई नेताहरुको भेटमा राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गतेनै उम्मेदवार मनोनयन गर्नुपर्ने छ । तर सत्ता पक्ष र विपक्षी गठबन्धनले राष्ट्रपतिको उम्मेदवार तय गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top