होमपेज / राजनीति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव तथा सांसद मेटमणि चौधरीले राष्ट्रपतिको विषयमा कुनै पनि आधिकारिक प्रस्ताव नआएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बजारमा हिजोदेखि राष्ट्रपतिको विषयमा चर्चा भए पनि अहिलेसम्म कुनै पनि आधिकारिक प्रस्ताव नआएको दाबी गरेका हुन् । हिजोदेखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट,’ उनले लेखेका छन्,’ समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ ।
'सचिव चौधरीले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।सञ्चारमाध्याममा आएका कुनै पनि समाचारमा आधिकारिकता नरहेको उनले प्रस्ट पारेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचारहरू आएका छन् ।