ट्रेण्डिङ

होमपेज / राजनीति

हुम्लामा फागुन १३ देखि एमालेको 'मिसन ग्रासरुट'

नेपालगाथा २०७९ फाल्गुण ९ गते मंगलबार १३:३४:१२ मा प्रकाशित

सिमकोट ।  नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ हिमाली जिल्ला हुम्लामा फागुन १३ गतेदेखि शुरु हुने भएको छ । देशैभर पार्टीले शुरु गरेको अभियान हुम्लाका गाउँपालिका स्तरीय बैठक तथा अभिमूखीकरणका कार्यक्रम आगामी फागुन १३ गतेबाट शुरु हुने एमाले हुम्ला जिल्ला कमिटीका अध्यक्ष कलबहादुर हमालले जानकारी दिए । 

अभियानको प्रदेश स्तरीय अभिमूखीकरणका क्रममा सुर्खेत रहेका अध्यक्ष हमालले भने ‘हामीले हुम्लाको सिमकोट, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा फागुन १३  गते गाउँ कमिटीको बैठकबाट शुरु गरेर जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडामा वडामा मिसन ग्रासरुट अभियान शुरु गर्छौ । त्यसका लागि पार्टीका सबै कमिटी र नेतृत्वलाई जानकारी गराउने काम भएको छ ।’

अभियान अन्तर्गत १४ गतेदेखि पालिका स्तरीय अभिमूखीकरण कार्यक्रम सञ्चालन हुने भएका छन् । अभियानको अभिमूखीकरण फागुन १४ गते सिमकोट, खार्पुनाथ ताँजकोटमा, १७ गते अदानचुली, १८ गते सर्केगाड, २१ गते चंखेली र चैत ११ गते नाम्खामा पालिका स्तरीय कार्यक्रमका गर्ने तय गरिएको एमाले हुम्लाका सचिव तीर्थराज बोहराले जानकारी दिए । 

कर्णाली प्रदेश सभा सदस्य समेत रहेका अध्यक्ष हमालका अनुसार अभियान अन्रगत १७ गते अदानचुली, १८ गते सर्केगाड, १९ गते चंखेली र चैत ११ गते नाम्खा गाउँपालिकाको अभिमूखीकरण कार्यक्रम आयोजना हुनेछ । गएको फागुन ५ गतेबाट सातवटै प्रदेशमा आयोजना गरिएका प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अभियानमा केन्द्रले खटाएका प्रतिनिधि र प्रदेशले खटाएका प्रतिनिधिसमेत उपस्थित हुने भएकाले सम्बन्धित पालिकाका जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश निर्वाचन क्षेत्र कमिटी सदस्य, गाउँ कमिटी सदस्यलाई उपस्थित हुन निर्देशन दिएको छ । 

अभियान अन्तरर्गत हुम्लाको ताँजकोट, अदानचुली र चंखेलीमा केन्द्रीय सदस्य निरज आचार्य, सर्केगाड र खार्पुनाथमा डम्बरबहादुर सिंह, सिमकोट र नाम्खामा लंकबहादुर शाहीलाई खटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top