होमपेज / राजनीति
मनाेज बाेहरा, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले प्रतिनिधि र प्रतिनिधित्व फरक कुरा भएको बताएका छन् । आईतबार रास्वपा कर्णाली प्रदेश समीतिले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै आफू फरक प्रदेशबाट प्रतिनिधि भएर संदनमा गएता पनि कर्णाली प्रदेशको समेत प्रतिनिधित्व गर्ने बताएका हुन् । सांसद झाले भने, ‘कर्णाली प्रदेशबाट रास्वपाको एकजना मात्र प्रतिनिधि भएकामा मन सानो बनाउने काम नगर्न आग्रह गर्दै प्रतिनिधि मात्र एक हुन प्रतिनिधित्व उन्नाइस जनाले गर्नेछौ ।’
सोही कार्यक्रममा बोल्दै सांसद सोविता गौतमले संगठन सानो छ भन्दैमा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउदै युद्ध एक जनाबाट सुरु हुन्छ र यसले विशाल रुप लिएर सफल हुने गर्दछ । सांसद गौतमले थपिन युद्ध भन्ने वितिकै बन्दुक,बम बारुद भन्ने हुदैन विचारको पनि युद्ध हुन्छ । जो हामी र हाम्रो पार्टीले पुष्टि गरेको अवस्था छ । भन्दै स्वागतको लागि धन्यवाद समेत व्यक्त्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा‘कर्णाली नदी बचाऊ’ अभियानका अभियात्ता मेघ आलेले कर्णाली जन्मथलो नभएपनि कर्मथलो भएकोले कर्णाली प्रतिको माया सद्भाव सदैव रैरहने भन्दै कणार्लीका प्राकृतिक सम्पदा लाई सबै मिलेर बचाईराख्न आग्रह गरेका छन् । करिब छत्तिस वर्षको नदी अध्ययनको अनुभव सुनाउदै कर्णाली नदी विश्वकै दुर्लभ नदी भएकाले पनि यसको जगेर्ना गर्न आवश्यक रहेको भन्दै कर्णाली संरक्षणका पञ्चशीलहरु प्रदेश सभापति धीरज बहादुर ओली लाई माननीय मनिस झा र सोविता गौतमको हातबाट हस्तान्तरण गरेका हुन ।

उत्त कार्यक्रममा रास्वपा कर्णाली प्रदेश सदस्य तथा हुम्ला जिल्ला संयोजक मनोज बोहराले दश बुदे हुम्ला जिल्लाका मुख्य समस्याहरुलाई समाधानको लागि माग गर्दै माननीय झा र गौतमलाई पत्र दिएका थिए । कार्यक्रम आईतवार रास्वपा प्रदेश पार्टी कार्यलयले तल्लो बजारमा विहान नौ बजे सञ्चालन भएको हो ।