होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक बसेकाे छ। बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा अहिले ११ बजे बसेकाे हाे।
बैठकमा नेपालले देशको समसामयिक राजनीतिक अवस्था,राष्ट्रपति,उपराष्ट्रपतिको चुनाव,विधान अधिवेशन,विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतका विषयमा छलफल हुने बताइएको छ। राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
यसैगरी जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।