ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको मिसन ग्रासरुटमा चौतारीका पत्रकार पनि खटिने

नेपालगाथा २०७९ फाल्गुण ५ गते शुक्रबार २२:१२:४६ मा प्रकाशित

सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको पाँचौ बैठक शुक्रबार सुर्खेतमा बस्यो । संगठनका केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज विष्णु शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता प्रकाश अधिकारी र सञ्चालन महासचिव प्रेमराज सिम्खडाले गर्नुभएको थियो । 
बैठकले नेकपा (एमाले) को दुई महिने मिसन ग्रासरुट अभियानमा प्रेस चौतारीको भूमिकाका सम्बन्धमा छलफल भएको थियो । पार्टीका केन्द्रीय प्रतिनिधि खटिएका पालिकाको महत्वपूर्ण कार्यक्रम, सभामा रिर्पोटिङका लागि अनिवार्य चौतारीकर्मीलाई परिचालन गर्न जिल्ला कमिटीलाई निर्देशन दिने निर्णय गर्यो । मिसन ग्रासरुटमा प्रेस चौतारीको उपस्थिति रहने गरी पालिकामा खटिने पत्रकारको विवरण प्रदेशलाई दुई दिनभित्र उपलब्ध गराउने सर्कुलर गर्ने, ग्रासरुट अभियानमै प्रत्येक जिल्लाका कम्तीमा दुई पालिकामा चौतारीको पालिका कमिटी गठन गर्ने र निकट भविष्यमा आयोजना गर्ने गरी प्रेस चौतारीको प्रदेश प्रचार भेलाका लागि श्रोत व्यवस्थापनका सम्बन्धमा आवश्यक तयारी गर्ने निर्णय गरेको छ । 
प्रेस चौतारी नेपालको वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट मनोनित केन्द्रीय सदस्य भरत शर्मा (जाजरकोट) र षडानन्द अधिकारी (कालीकोट)लाई अतिथिको रुपमा बैठकमा स्वागत गरिएको थियो । साथै बैठकमा प्रदेश सहइञ्चार्ज त्रिभुवन बिसी, गोविन्ददेव भारती, केन्द्रीय सदस्यहरु आकाशतारा बयक, कोमल शाही, सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्रीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top