होमपेज / राजनीति
काठमाडौँ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गते शुक्रबारबाट २ महिनाका लागि 'मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ। अभियानलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेख बलियो बनाउने गरी संगठन बनाउन अभियानमा खटिन सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । अभियान अन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी संगठनबारे कार्यक्रम गर्नेछन् ।
नेकपा एमाले पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न पठाएको छ ।
अभियानको शुभारम्भ अभिमुखीकरणबाट गरिने भएकाले अनुगमन र संयोजनको जिम्मेवारी रहेका नेताहरू आ-आफ्नो जिम्मेवारी तोकिएका प्रदेशमा पुगिसकेका छन् ।
अभिमुखीकरणका लागि प्रदेश-१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चमि प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल खटिएका छन् ।
त्यसैगरी, महासचवि शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुनेछ । उपत्यकामा रहेका गैरभौगोलिक ९ वटा विशेष कमिटी र केन्द्रीय कार्यालयको अभिमुखीकरणमा उपमहासविव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने विशेष कमिटीको अनुगमन तथा संयोजनमा रहेका कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।
केन्द्रीय कमिटीका सदस्यहरू जिल्लामा खटएिका छन् ।
त्यसैगरी प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतनिधिलिाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिको छ ।
पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियाे शक्तिका रूपमा स्थापित गर्न अभियान चलाउनुपरेको एमालेले जनाएको छ ।
एमालेको अभियान नेपाल कम्युनष्टि पार्टी स्थापनाको दिन अर्थात् वैशाख ९ गते समापन गर्ने सो पार्टीले जनाएको छ ।