होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । आज नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संसद्को पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए । 'सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौँ र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ,'सिंहले भने ।
राष्ट्रपतिको विषयमा सत्ता गठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसदसमेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण हेरिएको छ । पुस १० को सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वाभाविक हुने पनि बताए ।