ट्रेण्डिङ

होमपेज / राजनीति

तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए शपथ

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार १४:०९:४१ मा प्रकाशित

काठमाडौँ । तीनवटा प्रज्ञा प्रतिष्ठानमा नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन्  । उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top