ट्रेण्डिङ

होमपेज / राजनीति

चन्द्र भण्डारीको उपचारमा कुनै कमि नराख्न प्रधानमन्त्रीलाई लामिछानेको आग्रह

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार ११:५८:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काँग्रेस नेता तथा सांसद चन्द्र भन्डारी भण्डारीको उपचारमा कुनै पनि कमी नराख्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीसामू सांसद भण्डारीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेको बताएका हुन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् – ‘दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यूलाई पनि विनम्र अनुरोध गरेको छु।’

उनले आफ्नो पार्टी रास्वपाले समेत भण्डारीको शिघ्र स्वस्थलाभको कामना गर्न चाहेको बताएका छन् । बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास विस्फोट भई चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । उक्त घटनामा उनी ८६ वर्षीया आमा पनि गम्भीर घाइते भएकी छन् । उनीहरुको थप उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको छ । हाल उनीहरुको कीर्तिपूरस्थित बोर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top