होमपेज / राजनीति
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको उपलक्ष्यमा भिडियो सन्देश दिँदै विप्लवले शासकहरू कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताएका हुन् ।
उनले ‘देशमा आर्थिक संकट बढ्दै छ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति लाखौँ लाख जनता तड्पी रहेका छन्’ विप्लवले भने, ‘तपाईँमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेकाे बताएका छन् । साथै देशमा बेरोजगारी बढ्दै जाँदा कलेज र विश्वविद्यालयका युवाहरू विदेश पलाउन हुने गरेको समेत विप्लवले बताए ।