ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद ज्ञानेन्द्र शाहीको प्रश्न -सरकारले मतपत्र छाप्न सक्छ तर किताब छाप्न किन सक्दैन  ?

नेपालगाथा २०७९ माघ २९ गते आइतबार १७:२३:३७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिकसत्र सुरु हुन्छ । तर, अहिलेसम्म किताब पुर्याइएकाे छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुँदैछ । बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताब छाप्न किन सक्दैन ?  छिटोभन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

उनले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्न समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top