ट्रेण्डिङ

होमपेज / राजनीति

'समाजवादको लक्ष्यमा पुग्न सञ्चारगृहहरु गैरनाफामुखी हुनुपर्छ' - प्रवक्ता डा. ढकाल 

नेपालगाथा २०७९ माघ २९ गते आइतबार १५:५६:०८ मा प्रकाशित

मनाेज बाेहरा, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा पार्टीका प्रवक्ता डा. मुकुल ढकालले समाजवादको लक्ष्यमा पुग्ने कार्य दिशातर्फ अघि बढ्नका लागि शिक्षा र स्वास्थ्य भन्दा पहिला सञ्चारगृहहरु गैरनाफामूलक हुनपर्नै बताएका छन् । सात वटै प्रदेशका वडा स्तरसम्म संगठन विस्तार गर्ने क्रममा शनिबार सुर्खेतमा कर्णाली प्रदेशको विस्तारित बैठकलाई सम्वाेधन गर्दै प्रवक्ता डा. ढकालले यस्ताे बताएका हुन् । 

अहिले सम्मका नेपालका राजनितीक पार्टीहरुले जनआन्दोलन, जनक्रान्ति गरेर देशलाई अस्थिरता तर्फ धकेलेको बताउदै प्रवक्ता डा. ढकालले नेपालका राजनीतिक पार्टीहरुले वैदेशिक ऋणलाई मात्र प्राथमिकता राखेकाले देशको विकास हुन नसकेको आराेप लगाए। प्रवक्ता डा. ढकालले अबकाे राजनितिक यात्रा कृषि क्रान्त्ति र उत्पादनमूखी हुनुपर्नेमा जाेड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले प्रादेशिक संगठन विभागहरुको महत्वका बारेमा प्रशिक्षण दिएका थिए ।

पैतिस सदस्यीय प्रदेश समितिकाे सभापतिमा धिरज ब.ओली पु:न सर्वसम्मत सभापतिमा चयन भएका छन् । यसैगरी महामन्त्रीमा चन्द्रकला विकलाई चयन गरिएकाे छ भने बाँकी पदमा प्रदेश सभापतिले नै चयन गर्ने प्रदेश सदस्य अविसरा सुवेदीले नेपालगाथालाई बताएकी छन् ।

कर्णाली प्रदेशका प्रदेश सभापति धीरजबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रवत्ता डा. ढकाल, संगठन विभाग प्रमुख बुर्लाकोटी, संगठन विभाग सचिव शंकर श्रेष्ठ, स‌घीय सांसदहरु विनीता कठायत,  निशा डाँगी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top