ट्रेण्डिङ

होमपेज / राजनीति

सुदृढ संगठन र विकासका निम्ति केन्द्रीय सचिवमा धुपेन्द्र शाही

नेपालगाथा २०७९ माघ २७ गते शुक्रबार २१:०५:२१ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनको मिति नजिकिएसँगै विद्यार्थी नेता धुपेन्द्र शाहीले केन्द्रीय सचिव पदका लागि उम्मेदारी घाेषणा गरेका छन्।

शाही अहिले अनेरास्ववियुका सचिवालय सदस्य र अनेरास्ववियु कर्णाली प्रदेश कमिटी सचिव समेत छन्।

केन्द्रीय सचिव पदमा उम्मेदवारी घाेषणा गर्दै शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘देशको सबैभन्दा शक्तिशाली संगठन, आम नेपाली विद्यार्थीहरुको आशा र भरोसाको केन्द्र अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनमा देशै भरबाट प्रतिनिधि छनोट हुनु भएका प्रतिनिधि ज्युहरूलाई हार्दिक बधाइ छ। अनेरास्ववियुको इतिहासलाई रक्षा र थप मजबुत बनाउन यो महाधिवेशनमा सचिवको उम्मेदवार हुने निधो गरेको छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top