ट्रेण्डिङ

होमपेज / राजनीति

भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने

नेपालगाथा २०७९ माघ २७ गते शुक्रबार १५:३९:५० मा प्रकाशित

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् ।

दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका छन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी,  उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।   

 नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top