होमपेज / राजनीति
काठमाडाैँ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायण लगायतले सम्बोधन गर्नेछन् ।
महाधिवेशन २ दिनसम्म चल्नेछ । विभिन्न आरोह अबरोह बीच गुज्रिएर पार्टीले आफ्नो पहिलो महाधिवेसन आयोजना गर्न लागेको हो। यो महाधिवेसनले पार्टीलाई नया नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ। पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले राजाबादी दस्तावेज ल्याएपछि बिबादको भुमरीमा परेको बिबेकशील साझा अहिले उनको वहिर्गमनसंगै गति लिने आशामा महाधिवेसन गर्न गहिरहेको हो। सहमतिमै पदाधिकारी चयन गर्ने नेताहरूकाे दाबी छ ।