ट्रेण्डिङ

होमपेज / राजनीति

डिल्लीबजार कारागार पुगे एमाले नेता भट्ट,रेशमलाई भेट्न

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १३:१३:५९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता लेखराज भट्ट रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको नागरिक उन्मुक्तिलाई फकाउन भट्ट बिहीबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका हुन् । नागरिक उन्मुक्तिका एक नेताका अनुसार भट्टले कारागार पुगेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर चौधरीले भने माग पुरा नभएसम्म समर्थन गर्न नसकिने जवाफ फर्काएको उनको भनाइ छ । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कुनै पनि हालतमा आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । सुदूरपश्चिमका सात सात सांसदको फोटो राख्दै उनले लेखेकी छन्, हार्नेहरूले हो आत्मसमर्पण गर्ने १ योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदैछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top