ट्रेण्डिङ

होमपेज / राजनीति

देउवालाई प्रमुख प्रतिपक्ष दलको सुविधा रोक लगाउन माग गरिएको रिटमा कारण देखाउ आदेश जारी

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १७:२१:४३ मा प्रकाशित

काठमाडौं ।  सर्वोच्च अदालतले प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिने निर्णय रोक्न माग गरिएको रिटमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।

सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको मान्यता दिने संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 इजलाले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेपछि सर्वोच्चले उक्त रिट दर्ता गर्दै बुधबार पेसी तोकेको थियो।   रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले  सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय,  कांग्रेस संसदीय दल,  नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्‌लाई लिखित जवाफ पेस गर्न पनि आदेश दिएको हाे ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top