ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासकाे मत लिने कार्यसूची ताेकिएकाे सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १४:५४:४१ मा प्रकाशित

काठमाडौं । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासकाे मत लिने कार्यसूची ताेकिएकाे सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित भएकाे छ ।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री रावलकै आग्रहमा प्रदेश सभाको बैठक सारिएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्री रावलले बैठक सार्न आग्रह गरेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। अर्को बैठक माघ २६ गते मध्याह्न १ बजे बोलाइएको छ।

नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top