होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् ।
लोकतन्त्र संवाद केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ र वैकल्पिक शक्तिको रूपमा उदाएको दलले प्रश्नहरुको उत्तर दिनुपर्ने बताए । लोकतन्त्र संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री थापाले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताएका हुन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आयो । कल्पना गरेभन्दा बढी मत जनताले दिनुभयो । यसको सन्देश मनन् गर्नुपर्छ सच्चिन दबाब दिएको छ । पार्टीको मत चाहिँ नो नट अगेन भनेर मत लिएको हो,” उनले भने, “सरकार चाहिँ किन गएको ? एकैपटक किन गएको ? सरकारमा गएर पुनः किन बाहिरिएको ? अनि किन समर्थन फिर्ता नलिएको ? सरकार छोड्दा समर्थन फिर्ता लिनुपरेन ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्न नहुने हो ?”