ट्रेण्डिङ

होमपेज / राजनीति

सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने

नेपालगाथा २०७९ माघ २५ गते बुधबार १३:०६:३५ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक भोलि १ बजेका लागि सरेको छ । यसअघि प्रदेशसभाको बैठक बुधबार १ बजे बोलाइएको थियो । तर सरकारले भोलिसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेपछि सूचना टाँस गरेर एक दिन पर सारिएको हो ।

प्रदेशसभाको आजको बैठकमार्फत मुख्यमन्त्री राजेन्द्र रावलले विस्वासको मत लिने कार्यतालिका थियो । तर मुख्यमन्त्रीलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू काठमाडौंमा रहेको भन्दै बैठक सारिएको हो । मुख्यमन्त्रीमा दावी पेश गर्दा हस्ताक्षर गरेको उन्मुक्तिले अहिले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको छ । यदी मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको अवस्थामा सुदुरपश्चिम सरकार ढल्नेछ ।

नेपाली काँग्रेसस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेछ । बैठक एकदिन सारेर नागरिक उन्मुक्तिलाई फकाउने प्रयासमा सरकार लागि परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top