होमपेज / राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।
काठमाडौंको डिल्लीबजारमा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको बैठकले केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिने तथा सरकार गठन लगायतको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि माघ (२५ गते) प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।