ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालगाथा २०७९ माघ २४ गते मंगलबार १४:२२:१३ मा प्रकाशित

काठमाडौं । आसन्न राष्ट्रपति पदको निर्वाचन तयारीका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा उनीहरूबीच राष्ट्रियसभा उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म एमालेकै वा अरू जोसुकै भए पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको रिक्त पदमा माघ २५ र राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top