ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

नेपालगाथा २०७९ माघ २४ गते मंगलबार १२:०२:०९ मा प्रकाशित

काठमाडौँ  । राष्ट्रिय सभा नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेको समेत उपस्थिति थियो । सोमबार सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top